लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई लागुऔषध विशेष ब्यूरोले शुक्रवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पाँच जना विदेशीसमेत छन् ।

उनीहरूबाट लागुऔषध एलएसडी दश हजार १३१ पिस, कोकिन ३.७ ग्राम, चरेश ६.८६० किलो, खैरो हिरोइन सय ग्राम, गाँजाको धुलो करिब पाँच किलो, कोकिन १६ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार उनीहरूको साथबाट एक लाख ३९ हजार भारतीय रुपैयाँ, सात सय यूरोसमेत बरामद गरिएको छ ।