नेदरल्यान्ड्सविरूद्ध नेपालको खराब ब्याटिङ, गुमायो चार विकेट

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा पहिले ब्याटिङ गरिरहेको छ।

जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले चार विकेट गुमाइसकेको छ।

ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भएका छन्। आउट हुनुअघि उनले ४२ बलमा २ चौका हिर्काए। आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड भए। यस्तै आरिफ शेख ६ रनमा बिक्रमजितकै बलमा भान वीकबाट क्याच भए।

यस्तै भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए।

नेपालले चार विकेट गुमाउँदा १८.१ ओभरमा ६६ रन बनाएको अवस्था थियो।

अहिले रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्।

समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक रहने छ। सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।