स्वार्थ नमिल्दा गठवन्धन सरकारको आयु छोट्टिदै, केही हप्तामा मै नयाँ सरकार बन्ने संकेत

काठमाडौं । अहिले सत्ता साझेदारमा रहेको प्रमुख दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतृत्व सम्हालिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपालको स्वार्थ नमिल्दा गठवन्धन सरकारको आयु क्रमश छोट्टिदै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंशुकता पार्टी भित्र भएको भन्दै पार्टी नै फुटाएर पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा पुगेका नेपाल दोश्रो दर्जाका नागरिक जस्तै भएका कारणले सरकार ढल्ने संकेत देखिएको छ ।
यतिखेर दाहाल र नेपालको स्वार्थ मिल्न सकिरहेको छैन ।

अहिले बजेटमाथिको असन्तुष्टी देखाएर सरकार फेर्ने अनेक प्रयास सुरु भएको आशंका बढ्दै गएको छ । नक्कली शरणार्थी प्रकरणमा कडाईका साथ अनुसन्धान गर्न कस्सिएको प्रचण्ड नेतृत्वको सरकारले गठनको ६ महिनामै अनेक आरोह–अवरोह पार गरिसकेको छ ।

शानदार बहुमतदेखि संसदमा विश्वासको मत नै पाइदैन कि भन्ने आशंकाबाट गुज्रिएको यो सरकार आन्तरिक तथा वाह्य शक्तिको चलखेलमा पर्दा संकटको डिलमा पुग्न थालेको आशंका गर्ने थुप्रै ठाउँ छन् । राप्रपार र रास्वपा सरकारकाबाट बाहिरिसकेको अवस्था छ । कांग्रेसले नपत्याएपछि बालकोट पुगेका प्रचण्ड सत्तारोहण गर्न सफल त भए ।
तर, उनले एमालेसँग सम्बन्ध तोडेर गठबन्धनमा गरेको फेरबदल र देखाएको राजनीतिक बेइमानीका कारण संकटमा फसेको कतिपयको तर्क रहने गरेको छ । एमालेसँग भएको सहमति लत्याएर विश्वासको मतमा खेलेको कांग्रेसलाई अंगाल्न पुगेका उनी विभिन्न विरोध र आलोचनाको सिकार बन्न पुगेका छन् ।

गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्ड नेतृत्वको कम्युनिष्ट सरकार ढालेर एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको नेतृत्वमा सरकार बनाउ लागेको आरोप लगाएका छन् । जसका राप्रपा र रास्वपाले साथ दिने संकेत देखिएको छ । यसो भएमा केही हप्ता भित्रै नयाँ सरकार बन्ने सम्भावना छ ।