राष्ट्रियसभाको बैठक बस्दै

फाईल तस्बिर

काठमाडौँ । आज संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ ।

संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८–०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८–७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८–७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेय, २०८० पेस गर्ने कार्यक्रम छ ।