फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । गत आइतबारयता घटेको सुनको मूल्य आज बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ।

हिजो यसको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ तोकिँदा चाँदीको मूल्य भने प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।