बच्चा लिएर संसद् पुगेकी महिला सांसदलाई भाषण गर्न रोक लगाएपछि…

काठमाडौं । इजरायलको संसद्की एक महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण गर्नबाट रोकिएको छ । यो घटनाले विश्वभर नयाँ बहसको सृजना गरिदिएको छ ।

घटना गत मंगलबारको हो । उपसभामुख उरिएल बुसोका अनुसार संसद्को मञ्चमा सांसद मात्र उभिन सक्छन्, उनीसँग अरू कोही हुनुहुँदैन भन्ने नियमका कारण शेरीन हेस्कलले संसद्मा आफ्नो कुरा राख्न नपाएकी हुन् ।

शेरीन राष्ट्रिय एकता पार्टीकी सांसद हुन् । यो पार्टी प्रतिपक्षमा छ । शेरीनले विधेयक ल्याउन चाहेकी थिइन्, यसका लागि पहिले नै उनले सूचना दिइसकेकी थिइन् । मंगलबार उपसभामुख उरिएल बुसोले भाषणको लागि उनको नाम बोलाइन् ।

जब शेरीन वक्ताको कुर्सीको दायाँपट्टि पोडियममा पुगिन् , उनको घाँटीमा कपडाको फोल्डर वा गोलाकार झुन्डिएको थियो र त्यसमा शेरीनकी छोरी थिइन्। तर शेरीन पोडियममा पुगेपछि बुसोले उनलाई बोल्नबाट रोके। महिला सांसदले यसको कारण सोध्दा उपसभामुखले भनिन्– ‘संसद्को नियमअनुसार मञ्चमा उभिने अधिकार सांसदलाई मात्र छ र तपाईसँग छोरी छिन् ।’

शेरीनले जवाफमा भनिन्, ‘मैले बच्चालाई स्ट्रलरमा बसाउन लगाएको थिएँ तर उनी निकै सानो छिन् र त्यही भएर चर्को स्वरले रुन थालिन् । त्यसैले मसँग विकल्प थिएन । त्यसै कारण उनलाई झुन्ड्याएर यहाँ ल्याइएको हो ।’

शेरीनको कुरा सुनेपछि उपसभामुखले सभामुख अमिर ओहना र संसद्का कानुनी सल्लाहकारहरूसँग परामर्श गरे। त्यसपछि शेरीनले संसद्को नियमसँग सम्झौता गर्न नसकिने बताइन् । सभामुख ओहनाले भने, ‘म तपाईसँग माफी चाहन्छु तर नियम सबैका लागि समान हो।’

यो देखेर शेरीन अलि रिसाएकी थिइन् । सो क्रममा उनले भनिन, ‘यो कसरी सम्भव छ सांसदलाई नियमको ढाकछोप गरेर विधेयक पेस गर्नबाट रोक्ने ? आखिर बच्चाहरू हाम्रो एक भाग हो। त्यहाँ अनगिन्ती महिलाहरू छन्, जो आमा पनि हुन् र आफ्नो काम वा कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरा गर्छन्।’ तर उपसभामुख उनलाई भाषण गर्न दिन तयार भइनन् ।