काठमाडौं। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्दव थापाले बरू मध्यावधिक निर्वाचन जाने तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मत नदिने बताएका छन्।
बिहिबार प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले विश्वासको मत माग्नु स्वभाविक रहेको तर उनलाई विश्वासकफ मत नदिने बताए।
उनले भने, ‘प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला। मध्यावधिमा जानू ठूलो कुरा भएन। तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं। त्यसका लागि ४ दल एक भएर अघि बढ्ने सहमति भएको छ।’
Add Comment