कोसी प्रदेश : मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने राप्रपाको निर्णय

काठमाडौं । राप्रपा कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

कार्कीले बिहीबार विश्वासको मत लिँदैछन्। उनी माओवादी र जसपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका थिए। कार्की नेतृत्वका सरकार झिनो अङ्कले अल्पमतमा छ। जसपाको १ सांसदले समर्थन गरेमा ४७ सांसदसहित उनको बहुमत पुग्नेछ।

यता, माअ‍ोवादी र कांग्रेसले सरकारको नेतृत्वमा दाबी गरिरहेकोले कोशीमा राजनीतिक दिशा अस्पष्ट देखिएको छ।