गुरुलाई देवता मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद : केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको बताएका छन् ।

बिहीबार काठमाडौँ भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताए ।

प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका उनले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए ।