आज यि जिल्लामा बाढीको जोखिम र नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रवार) र भोलि तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी तथा केही स-सना सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ ।

शुक्रवार बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले ती नदी र खोलाहरूमा जलसहत बढेर सतर्कता तह आसपास पुग्न सक्ने भन्दै तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज रुपन्देही, कपिलवस्तु, पाल्पा, ईलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), स्याङजा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ आसपास भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढेर आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै सुनसरी, काभ्रेपलान्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, आसपास भई बहने केही स-साना नदीमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।