ललिता निवास प्रकरण : तीन अभियुक्तको रिट सुनुवाई न्यायाधीश चुडालको इजलासमा

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अभियुक्तहरु सुधिर कुमार शाह, धर्म प्रसाद गौतम र मिन बहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् ।

उनीहरुको रिट सुनुवाईका लागि न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा परेको छ । उनीहरुले नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।