२० किलो चरेस बरामद

काठमाडौँ। पर्साको जगरनाथपुर गाउँपालिका २ दसौदाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।

मंगलबार बिहान साढे पाँच बजेको समयमा बिओपि (बोर्डर आउट पोष्ट) भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको कमाण्डमा खटिएको टोलीले २० किलो चरेस बरामद गरेको हो ।

नेपालबाट भारततर्फ टाउकोमा राखी लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेपछि तस्करहरू सामान छोडी भागेका थिए । बरामद चरेस आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने सप्रनि तामाङले बताए ।

निषेधाज्ञाको समयमा पनि लागूऔषधका तस्कर समुहले मकवानपुरको जडगल हुँदै पर्साका विभिन्न नाका प्रयोग गरी भारत तर्फ ओसारिरहेका छन् ।