साताको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा भारी गिरावट आएको छ छ भने कारोबार रकम ५ अर्ब नाघेको छ ।

आजको दिन नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

आज बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर आज सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा हिमालयन लाइफ इन्सयोरेन्सको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।