राजकुमारको विवाह उत्सव मनाउन सार्वजानिक बिदा

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सोमवार सार्वजनिक बिदा दिएको छ। मुस्ताङ्गी राजाका जेठा छोराको बिहेको अवसरमा गाउँपालिकाले मातहतका सबै कार्यलय तथा शैक्षिक संस्थामा बिदा दिएको हो।

मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा ‘राजकुमार’ झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह आज हुँदै छ। गाउँपालिकाले आइतबारै एक विज्ञप्ति जारी गरेर बिदा दिएको घोषणा गरेको थियो।

गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा ‘राजकुमार’ झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमान्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउँन लागिएकोले गाउँपालिकाको कार्यालय, यस मातहतका सम्पूर्ण कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिएको उल्लेख छ।