सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।आज सुनचाँदीको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको गिरावट आएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो ।