एमाले सांसद लुम्बिनी प्रदेशसभाबाट नाराबाजी गर्दै बाहिरिए, बैठक भने जारी

काठकाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट एमालेका सांसदहरू बाहिरिएका हुन् ।

बैठकको सुरुमा एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थीले बोलेपछि सांसदहरू नाराबाजी गर्दै बाहिरिएका छन् । एमाले प्रमुख सचेतक तुल्सी प्रसाद चौधरीले आफ्ना मागहरु पुरा नहुँदासम्म प्रदेशसभा बैठक बहिस्कार गर्ने बताए ।

यसअघि बैठकमा बोल्दै सांसद पन्थीले सडकबाट आएका व्यक्तिहरुले दिएका योजनाहरु बजेटमा समावेश भएकोले सांसदको गरिमा र सरकारको औचित्यमाथि प्रश्न उठेको भन्दै बजेट सच्चाउन माग गरेका थिए ।

सांसद पन्थीले मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई संसदमा उपस्थित भएर जवाफ दिन आग्रह गरे । उनले प्रदेशका हचुवाको भरमा बजेट ल्याउँदा क्रमागत र गौरवका आयोजनाको बजेट काटिएको बताए ।

एमाले संसादहरु संसदबाट बाहिर गएपनि बैठक जारी रहेको छ ।