एमाले संसदीय दलको बैठक सम्पन्न : प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको छ ।

संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय भएको एमाले सांसद ठाकुर गैरेले जानकारी दिए ।