झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ बिन्दुमा कायम भएको छ । यसदिन ९७ लाख ५१ हजार ९८५ कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, मोदी इनर्जी लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ भने कारोबारका आधारमा शिवम सिमेन्ट्स १८ करोड ५६ लाख ४२ हजार १२१ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।