रास्वपालाई संसदमा बोल्न नदिएर बाइपास गर्न खोजियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपालाई संसदमा बोल्न नदिएर ुबाइपासु गर्न खोजिएको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदसमेत रहेका लामिछानेले भने, ‘रास्वपालाई २ दिनसम्म संसदमा बाइपास गरेर आफ्ना कुरा राख्न दिइएन। हामी आपत्ति जनाउँछौं।’

उनले रास्वपा आफ्नै मुद्दामा उभिएको पनि बताए।

‘रास्वपा अरू दलको मुद्दामा होइन आफ्ना मुद्दा र जनताका मुद्दामा उभिएको छ। यसमा हेक्का होस्,’ उनले भने, ‘हामीले हाम्रो कुरा संसदमा स्पष्ट राख्न पाएनौं।’

उनले नेताहरूको मुद्दामा संसद रोकिने कुरा स्वीकार गर्न नसकिने पनि बताएका छन्। उनले मिटरव्याजविरूद्ध छिटो कानून बनाउनुपर्ने पनि बताए।