राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

फाईल तस्बिर

काठमाडौं । आज (मंगलबार) राष्ट्रियसभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।

आजको राष्ट्रियसभा बैठकका लागि सम्भावित कार्यसूची पनि तयार पारिएको छ। जसअनुसार आज विनियोजन विधेयकबारे छलफल हुनेछ।

सम्भावित कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमा छलफल गरिनेछ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजनबारे छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।