यी पाँच जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । भोलि (बुधवार) र पर्सि (मंगलवार) तमोर र अरूण नदीका स(साना सहायक नदीहरूमा बहाव बढ्ने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यीमध्ये केहीमा आकस्मिक बाढीको जोखिम छ । बाढीको जोखिम भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाराख्न महाशाखाले जनाएको छ ।

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि जलसतह बढ्दो हुने महाशाखाको पूर्वानुमान छ ।

आज (मंगलवार) पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा र धनकुटा आसपास भई बहने केही स(साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको जोखिम रहेकोले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।