धौलीगंगाको बाँध खोलियो, नदी किनार क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारतले मंगलबार (आज) धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको थियो।

‘मिति २०८०/०३ /२६ गते विहान ५ः०० बजेदेखि २०८०/०३/ २६ गते बेलुकी ८ः०० बजेसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँध ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०८०/ ०३/ २६ गते विहान ५ः०० बजेदेखि २०८० / ०३ /२६ गते बेलुकी ८ः०० बजेसम्म र तत्पश्चात्समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन आदेशानुसार जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।