फोहोर बोकेर बञ्चरेडाँडामा जाने सबै गाडीले ककनीमा १५ सय प्रवेश शुल्क तिनुपर्ने

फाईल तस्बिर

काठमाडौँ । फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीले नुवाकोटको ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने भएको छ । सो गाउँपालिकाले आगामी साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको हो ।

गाउँपालिकाले फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने निर्णय गरेको छ । गाउँपालिकालले सानो टिपरलाई रु १००० र ठुलो टिपरलाई १,५०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको हो ।

राजधानी काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाबाट ककनी गाउँपालिकाको बञ्चरेडाँडामा फोहोर विसर्जन गरिन्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जाने गर्दछ ।