ललिता निवास प्रकरण : थप दुईजना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पूर्व सहसचिव रुद्रबहादुर श्रेष्ठ र पूर्व उपसचिव बालकृष्ण श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रहरीले मंगलबार दुबै जनालाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए ।

महानिर्देशक श्रेष्ठ २०६० सालमा भूमिसुधार विभागका महानिर्देशक थिए । २०६० सालमा ललिता निवासको केही जग्गा हाल साविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थियो । त्यो काममा संलग्न भएको आरोप श्रेष्ठमाथि लागेको छ ।

महानिर्देश श्रेष्ठमाथि चार वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ करोड २३ लाख विगो मागी भ्रष्टाचार मुद्दा चलाएको थियो ।