प्रधानमन्त्रीपत्नी सीताको निधनले समाजवादी मोर्चाको बैठक अनिश्चित

फाईल तस्बिर

काठमाडौँ । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि बैठक अनिश्चित भएको हो ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने गरि बोलाइएको थियो ।

मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।