प्रधानमन्त्रीपत्नीको दाहसंस्कार आजै गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको दाहसंस्कार आजै गरिने भएको छ। आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ।

६९ वर्षीया सीता दाहालको उपचारको क्रममा नर्भिक अस्पतालमा आज बिहान ८: ३३ मा निधन भएको थियो। उनी  ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पल्सी, पार्किन्सोनिस्म’ जस्ता रोगबाट पीडित थिइन्।