कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

एक नेताका अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक अब साउन २ गतेदेखि बस्ने छ । यसअघि नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बैठक बस्ने तय भएको थियो ।

६९ वर्षकी सीतालाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको बिहान साढे ८ बजे निधन भएको हो ।