राष्ट्रियसभाको आजको बैठक स्थगित

फाईल तस्बिर

काठमाडौं : राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहीबार बिहान ११:०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ की पत्नी सीता दहालको निधन भएकोले बैठक स्थगित गरिएको हो।