प्रधानमन्त्रीपत्नीको शव श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने, दुई बजे पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।

उनको बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा निधन भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मल्लका अनुसार सीताको पार्थिव शरीर बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा राखिने भएको छ।

श्रद्धाञ्जलीपश्चात् आज दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने मल्लले जानकारी दिए।