हजारौं डलर बोकेर नयाँ दिल्ली उड्न लागेका भारतीय नागरिक विमानस्थलमा पक्राउ

काठमाडौं । हिजो राति काठमाडौंबाट भारतको नयाँ दिल्लीतर्फ उड्न लागेका भारतीय नागरिक अवैध डलरसहित समातिएका छन् । २१ वर्षे शिवम कुमार सैनीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष नजिकै ह्याण्ड ब्याग चेक गर्ने क्रममा डलरसहित नियन्त्रणमा लिएको थियो ।

भी ३११९८२६ नम्बरको राहदानी वाहक शिवम कुमार राति १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१२ मा नयाँ दिल्ली जान लागेका थिए ।

उनको ब्यागेज चेक गर्ने क्रममा नौ हजार अमेरिकी डलर फेला परेको थियो । प्रहरीले नियन्त्रणमा लिएर राति नै प्रहरी वृत्त गौशाला पुर्याएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।