आफुले दिएको अभिव्यक्ति तोडमोड गरिएको भन्दै तोसिमाले यस्तो भनिन्

काठमाडौं । बुधबार प्रधानमनधी पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्तिम संस्कारमा उपस्थित भएका केही नेताहरुको अभिव्यक्ति विवादमा आएुसँगै अहिले त्यसले व्यापक चर्चा पाएको छ।

दाहालको मलामी गएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीको अभिव्यक्ति अहिले सामाजिक संजालमा भाइरल नै भएको छ। अधिकांशले उनको अभिव्यक्तिलाई अमानवीय र अपरिपक्कताको पराकाष्ट मानेका छन्।

डा. तोसिमाले दुखद घडीमा पनि असंवेदनशील भएर विवादास्पद अभिव्यक्ति दिएकी छिन्। उनले दिएको अन्तवार्ताको केही टुक्राहरु अहिले सामाजिक संजालमा आलोचित भएको छन्।

उनले मिडियासँग भनेकी छिन्, ‘हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ। परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला तरु भन्ने प्रश्नहरु पनि आउन सक्छन्। ‘

डा. तोसिमाले प्रधानमन्त्री दाहाललाई आफ्नो परिवारको सदस्य गुमाउँदा द्वन्द्वकालमा हुँदैगर्दा आफ्नो परिवारका सदस्यहरु, श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि सम्झन भनेकी छिन्। दुःखद् घडीमा मलामी गएकी तोसिमाले दिएको यस्तो अभिव्यक्ति निक्कै कच्चा, अमानवीय र असंवेदनशील छ।

सर्वत्र आलोचना भएपछि डा. तोसिमाले माफी भने मागेकी छिन्। उनले बुधबार राति नै सामाजिक संजालमा माफी माग्दै आफ्नो भनाई तोडमोड गरिएको बताएकि छिन्। आफूले गलत बोलेकोबारे भने उनले केही बोलेकी छैनन्। उनले बाईटलाई तोडमोड गरी राखिएको र पुरा भिडियो सुन्नुहुन आग्रह गरेकी छिन् भने सो तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा क्षमा मागेको बताएकि छिन्।

तोसिमाले सामाजिक सञ्जालमा बुधबार राति लेखेकी छन्–

सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ, जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ्र उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुःखद घडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहन्छु ।

(म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछि केहि मिडियाकर्मी साथीहरुले लिनुभएको बाईटलाई तोडमोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु् र साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु)