सीतालाई श्रद्धाञ्जलि दिनभन्दा भिडियो बनाउन हतार भएको हो कृष्ण कँडेललाई ?

काठमाडौं । पछिल्लो समयको निकै चर्चित कार्यक्रम ‘इन्द्रेणी’ सञ्चालक कृष्ण कँडेललाई अहिले गालीको वर्षा भैरहेको छ।

बुधबार सीता दाहालको श्रद्धाञ्जलिसभामा पेरिसडाँडा पुगेका उनको एउटा भिडियोका कारण सामाजिक सञ्जालमा उनीमाथि आक्रोश पोख्न थालिएको हो।

बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको शव पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिएको थियो।

श्रद्धाञ्जलि दिन पेरिसडाँडा पुगेका कँडेलले सीताको शवमा फूलमाला हाल्नभन्दा पनि हतारहतारमा दौडिएर भिडियो खिच्न लगाएका थिए। आफूले पनि श्रद्धाञ्जलि दिएको छु भन्ने प्रमाण जुटाउन उनले एक जनालाई दौडिएर क्यामेरा दिन्छन् र शवमाथि फूल चढाउँछन्।

शवमा माला चढाउनुअघि पटक पटक क्यामेरामा भिडियो खिचेकी खिचेननन् भनेर हेर्छन्। सामाजिक सञ्जालमा देखिएको भिडियोमा उनले भिडियो खिच्नकै लागि श्रद्धाञ्जलि दिएको देखिन्छ।

उनको आशय शवको दृश्यसँगै भिडियो खिचेर युट्युबमा हालेर डलरको खेती गर्नु रहेको प्रस्ट देखिन्छ। त्यो खिचिएको भिडियो सामाजिक सञ्जालमा आएपछि कँडेलले नवप्रतिभाको मात्र होइन, लासबाट पनि डलर कमाउन थालेको आरोप लागेको छ।

यता सीता दाहालकै शव दाहसंस्कारका लागि पशुपतिस्थित आर्यघाट लगिएको बेला रास्वपा सांसद तोसिमा कार्कीले विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेकी थिइन्।