क्यानको चुनावका लागि पूर्व कप्तान पारस खड्का गरे यस्तो आग्रह

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ(क्यानको आसन्न जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन प्रक्रियामा सक्रियतासाथ सहभागी हुन आह्वान गरेका छन्।

त्यसका लागि जिल्लाको निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले आ-आफ्नो ठाउँमा गएर सदस्यता लिन र नवीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, स्कोरर लगायतलाई आग्रह गरेका छन्।

‘नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने हामीले जिल्लादेखि नै हाम्रो संरचना फेरबदल गर्नुपर्ने बेला आइसकेको छ। त्यसैले सबै स्टेक होल्डरहरुलाई नेपाल क्रिकेट संघको विधान, कोड अफ कन्डक्ट लागु हुने आ(आफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्न चाहन्छु’, छोटो भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै पारसले भनेका छन्।

क्यानको जिल्ला निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुने तय भइसकेको छ।

३ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्याशको घोषणा गरेका पारस पनि क्यान राजनीतिमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि आसन्न निर्वाचनबारे उनले केही घोषणा गरेका छैनन्।