एसीसी इमर्जिङ कप : ७२ रनमा जोड्दा नेपालको ८ विकेट पतन

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान ए सामु नेपाली ब्याटरहरू निरीह साबित भएका छन् ।

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानी बलरहरूविरुद्ध खुलेर खेल्न सकिरहेको छैन ।

यो समाचार तयार पार्दासम्म नेपालले १५ ओभर ३ बलमा ८ विकेट गुमाएर ७२ रन जोडेको छ ।

अर्जुन साउद र कुशल मल्ल समान १७, गुल्सन झा १३, आशिफ शेख १२, रोहित पौडेल ४, कुशल भुर्तेल र पवन शर्राफ समान १ तथा भीम सार्की शून्य रनमा आउट भएका छन् ।

नेपाल भारत ए, पाकिस्तान ए र यूएई ए रहेको समूहमा छ ।

भारत-पाकिस्तान लगायत टेस्ट राष्ट्रले राष्ट्रिय टीममा स्थान बनाउन नसकेका वैकल्पिक खेलाडी समेटेर ुएु टीम प्रतियोगितामा सहभागी गराएको छ ।