सामान्य बढ्यो शेयर बजार

काठमाण्डौ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव १६ अङ्कले बढेर दुई हजार ९७ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ । म्युचल फन्ड समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

आज सनराइज फोकस्ड इक्युटी फन्डको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ८६ वटा कम्पनीका ७१ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छन् । आज ३९ हजार वटा कारोबारमा दुई अर्ब ३७ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिवम् सिमन्टको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।