नेपालको खराब शुरुवात, १० ओभरमै गुमायो ५ विकेट

काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँगको खेलमा नेपालले खराब शुरुवात गरेको छ ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य रनमा आउट भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र सोमपाल कामी छन् ।