कांग्रेस केन्द्रीय समिति बैठक सकियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजलाई सकिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्ने लगायतका प्रस्ताव गरेका थिए ।

एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो ।

बैठक भोलि बिहान ११ बजे बस्ने छ ।