करिश्मा भन्छिन् : बालेनले ५० हजार जरिवाना लिएर ५ लाखको विज्ञापन गरिदिए

काठमाडौं। आफ्नो फिल्मलाई ५० हजार जरिवाना तिराएपछि अभिनेत्री करिश्मा मानन्धरले १० गुणा बढी पैसा लाग्ने जत्तिको विज्ञापन भएको भन्दै कटाक्ष गरेकी छिन्।

काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई थाभाबी पोस्टर टाँसेको भन्दै ५० हजार रुपैयाँको जरिवाना गरेपछि करिश्माले यस्तो कटाक्ष गरेकी हुन्।

फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर रु जय बगान, जय बालेन।’’