प्रहरीको हिरासतमै मृत भेटिइन् महिला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएङ्की सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र थारु पजियारले जानकारी दिए ।

उनका अनुसार राति १० बजे शौचालय गर्न जाँदा शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पजियारले बताए ।

उनका अनुसार साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई नेपाल प्रहरीलेलाई जिम्मा लगाएको थियो ।

उनको मृत्युकाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।