ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं। ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे थप केही खुलाइएको छैन ।

यस प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ ।

नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको सीआईबीको दाबी छ ।