आज बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य वृद्धि भएको छ ।

बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने, प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।