लागू औषधसहित दुई जना पक्राउ

काठमाडौं । भक्तपुरबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ आदर्श बस्ने २२ वर्षीय समिर आलम र सुनसरी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने १९ वर्षीय अर्जुन परियार रहेका छन् ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नोरफिन आठरआठ थान तथा पाँच थान सिरिन्ज बरामद भएको सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

बुधबार बेलुका साढे ६ बजे प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरी टोलीले हनुमानघाटमा चेकिङ गर्ने क्रममा उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।