नेपालका राईले स्कटल्याण्डमा जिते प्रो बक्सिङ इभेन्ट

काठमाडौं । नेपाली मुक्केबाज पुरण राईले स्कटल्याण्ड प्रो बक्सिङ इभेन्ट जितेका छन् ।

उनले राएन कार्टलाई तेस्रो चरणमा टेक्निलकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेको नेपाल प्रो फेसनल बक्सिङ कमिसन एनपीबीसी अध्यक्ष राजनविक्रम प्रजापतिले जानकारी दिए । जितपछि उनले युबीए स्कटल्याण्ड टाइटल बेल्ड पनि जितेका छन् ।

नेपालका अर्का खेलाडी आकाश डाँगी भने युबीए, युबीओ टाइटल म्याचमा एन्डी बेलसँग पराजित भए । अर्का खेलाडी म्याक्स बस्नेतको फाइट भने रद्द भयो । उनको विपक्षी केही दिनअघि घाइते भएकोले म्याच रद्द भएको म्याक्सले जानकारी दिए ।