प्रमुख प्रशासकीय अधिकृतले युवतीसँग अश्लील हर्कत गरेपछि तानिए विवादमा

काठमाडौं । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुप्रसाद निरौलाको एक युवतीसँगको अश्लील हर्कतको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि उनी विवादमा तानिएका छन् निरौला विवादमा तानिएसँगै नगरपालिकाले छानबिन समिति बनाउने भएको छ।

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले छानविन गरेर दोषी देखिए कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिइन्।

उनले भनिन्, ‘यस्तो किसिमको हर्कत भएकै हो भने दोषीलाई कारबाही हुनुपर्छ। हामी छानबिन समिति बनाउँछौँ।’

उनकै क्वाटरमा अश्लील हर्कत गर्दै गरेको भिडियो टिकटकमा लाइभ गरेपछि उक्त भिडियो स्क्रिन रेकर्ड गरेर बाहिरिएको थियो। मानिसहरूको म्यासेन्जर तथा ह्वाट्सएपमा त्यो भिडियो बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृत निरौला विवादमा तानिएका हुन्।

झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका निरौला एक महिलासँग मदिराको मातमा लठठ् भएको भिडियो ती महिलाको व्यवसायिक फर्मको नाममा बनाइएको टिकटक अकाउन्टबाट लाइभ गरेकी थिइन्।

भिडियोमा कोठाको पछाडिको दृश्य हरियो रंगको देखिएको छ। कोठामा देखिएका सबै सामाग्री र रखाइ निरौलाकै क्वाटर भएको बताइन्छ। तर आइतबार बिहानदेखि निरौलाले आफ्नो क्वाटरमा पहेंलो रंग दल्न लगाएका छन्।

लाइभमा बसेकी ती महिला पनि मदिरामा लठठ् भएको जस्तो देखिन्छ। त्यस्तै तालमा उनको पछाडी निरौला भित्री पोशाकमा बसेर चुम्बन गरेको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ।