महिला विश्वकप : न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिदा‚ स्विट्जरल्यान्ड भने समूह विजेता

काठमाडौं । सह–आयोजक रहेको न्युजिल्यान्ड महिला विश्वकप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । आइतबार समूह ‘ए’ को खेलमा स्विजटरल्यान्डसँग गोलरहित बराबरी खेलेपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको हो ।

स्विट्जरल्यान्ड तीन खेलबाट पाँच अंकसहित शीर्षमा रह्यो । समूहको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० ले हराएपछि ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । न्युजिल्यान्डको पनि समान चार अंक भए पनि गोल अन्तरले पछाडि रहेकाले समूह चरणबाटै बाहिरिनुपरेको हो ।

नर्वेको जितमा भने रोमन हेगले ह्याट्रिक गरिन् । उनले ६, १७ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । अन्य गोल ग्राहम हानसेन र रेटेनले गोल गरे । थप एक गोल भने आत्मघाती रह्यो ।