राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। अन्तर्राष्टिन्य क्रिकेटको यात्रालाई बिराम लगाउने र अर्को यात्रा शुरू गर्ने निर्णय गरेको छु,” मल्लले भने।

ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ ।

‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’ उनले भने ।

ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको बताए । आफ्नी छोरीलाई पनि सम्झिएँ । छोरीका नाम लिँदा उनको गला अवरुद्ध भएको थियो ।

‘यत्रो वर्ष क्रिकेट खेलेँ । प्रकृतिको नियम नै हो । चेञ्ज हुनुपर्छ । भित्रैदेखि फिल गरेको कुरा भनेको यही ठिक समय हो’, उनले थपे ।

राष्ट्रिय खेलाडी भएपछि आफूले पूर्णरुपमा योगदान दिन नसक्दा बसिरहनु ठिक नहने सोचेको उनले बताए ।

ज्ञानेन्द्रले भने, ‘धेरै अगाडिदेखि नै आफ्नो दिमागमा आइरहेको थियो । फेरि अझै पुस गर्नुपर्छ भन्ने लाग्यो । अहिले टिम राम्रो छ, ब्यालेन्स छ । यही ठीक समय हो भन्ने लागेर निर्णय लिएको हुँ ।

उनले १८ वर्ष नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसूस भएको उनले बताए। यसका लागि उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।