पहिरोको कारण त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं । पहिरोको कारण हेटौँडा काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ ।

आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।