बाढी–पहिरोबाट दुई महिनामा मात्रै ५८ जनाको मृत्यु, २८ जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर ५८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार २०८० जेठ ३१ गतेदेखि हालसम्म बाढी–पहिरोबाट ३२ पुरुष, १० महिला, १६ बालबालिकाको मृत्यु भएको हो ।

यस्तै ९४ जना घाइते भएका छन् । जसमा ५७ पुरुष, २६ महिला, ११ बालबालिका रहेका छन् । २२ पुरुष, ५ महिला, १ बालक गरी २८ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।