पहिरोका कारण पृथ्वीराज मार्ग पुर्णरुपमा अबरुद्ध

काठमाडौं । केहिदिन देखि आएको निरन्तर वर्षापछि पहिरो खस्दा पृथ्वीराज मार्ग अबरुद्ध भएको छ । आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार सोही पहिरोको कारण अहिले पृथ्वीराज मार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ ।

स्थानीय,विपद व्यवस्थापन,प्रहरी तथा सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनीसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ ।