गण्डकीका प्रहरी प्रमुख अर्याललाई कोरोना पुष्टि

काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गरिएको थियो।

आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। शर्माका अनुसार अर्यालको अवस्था सामान्य छ।